+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

रोचक बन्दैछ तनहुँको निर्वाचन माहोल

प्रतिनिधिसभा सदस्य निर्वाचनले तनहुँको राजनीतिक सरगर्मी बढाएको छ ।

अशोक विश्वकर्मा अशोक विश्वकर्मा
२०८२ माघ १२ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनावी गतिविधि बढाएका छन्।
  • नेकपा एमालेले तनहुँ १ मा पूर्वमन्त्री भगवती न्यौपाने र तनहुँ २ मा पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देललाई उम्मेदवार बनाएको छ।
  • तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने र नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा चुनावी प्रतिस्पर्धामा रहेका छन्।

१२ माघ, तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनले तनहुँको राजनीतिक सरगर्मी बढाएको छ । यहाँ कांग्रेस, एमाले, र नेकपासहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई चुनावी गतिविधि बढाउँदै लगेका छन् ।

तनहुँमा कांग्रेस र एमालेले केही उम्मेदवारहरु दोहोर्‍याए पनि अधिकांश दलहरुले दुवै निर्वाचन क्षेत्रका लागि नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।

नेकपा एमालेले तनहुँ १ मा पूर्वमन्त्री भगवती न्यौपाने र तनहुँ २ मा पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देललाई उम्मेदवार बनाउने भएको छ । एमालेबाट टिकट पाएकी न्यौपाने जिल्लाको राजनितीमा राम्रो पकट बनाउँदै राष्ट्रिय सभाको बाटोबाट केन्द्रीय राजनितिमा पुगेकी हुन् ।

३ बर्ष अगाडि भानु नगरपालिकाको मेयर पदमा पराजित भएपछि राष्ट्रिय सभा सदस्य बन्ने मौका प्राप्त गरेकी न्यौपानेलाई एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनाएका थिए ।

न्यौपाने भदौ २३ र २४ को आन्दोलनसँगै जिम्मेवारीबाट मुक्त भएकी थिइन् । पार्टी अध्यक्ष ओलीसँग निकट रहेकी न्यौपाने पार्टीको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । यो क्षेत्रमा न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस नेता गोविन्द भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।

तनहुँ २ को उम्मेदवारको टिकट प्राप्त गरेका केदार सिग्देल पनि तनहुँको राजनितिमा राम्रो पटक जमाएका नेता हुन् । सामान्य पृष्ठभूमिबाट राजनितिमा सक्रिय सिग्देल लामो समय जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

उनी अहिले केन्द्रीय सदस्य हुन् । सिग्देल यस अघि २०७४ मा प्रतिनिधि सभा सदस्यमा कांग्रेस उम्मेवदार शंकर भण्डारीलाई पराजित गर्दै विजयी भएता पनि २०७९ मा गण्डकी प्रदेश सभा सदस्यको निर्वाचनमा पराजय व्यहोरेका थिए ।

उनी तत्कालिन माओबादीको साथ पाएका कांग्रेस तनहुँका सभापति समेत रहेका जितप्रकाश आलेसँग पाराजित भएका थिए ।

त्यसवेला तनहुँ निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र २ मा आलेले १३ हजार ८६० मत प्राप्त गर्दा सिग्देलले १३ हजार २२० मत प्राप्त गरेका थिए । तनहुँ दुईमा कांग्रेस नेता शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीराम न्यौपाने र नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?