+
+
Shares

महिला सौन्दर्य : अनावश्यक रौं हटाउन सेभिङ कति भरपर्दो ?

सेभिङका फाइदाहरू भए पनि यसका केही जोखिमहरू पनि छन् जसलाई बेवास्ता गर्नुहुँदैन ।

सन्दिपा घिमिरे सन्दिपा घिमिरे
२०८२ माघ ११ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिलाको अनुहारमा पलाएका अनावश्यक रौं हटाउन सेभिङ सजिलो, छिटो र किफायती उपाय हो जसले मृत कोषिका पनि हटाउँछ।
  • सेभिङले छालामा दाग वा निशान छोड्दैन र मेकअप राम्रो देखिने बनाउँछ, तर सावधानी नअपनाए छाला पोल्न वा संक्रमण हुन सक्छ।
  • सेभिङले रौं बाक्लो बनाउँदैन तर बारम्बार गर्नुपर्छ, संवेदनशील छालामा एलर्जी वा इनग्रोन हेयर समस्या आउन सक्छ, चिकित्ससँग सल्लाह लिनुपर्छ।

महिलालाई हैरान बनाउने एउटा समस्या हो, अनुहारमा पलाएका अनावश्यक रौं ।

अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ । तर जब यी रौं बाक्लो हुन थाल्छन् वा दाह्रीजस्तो देखिन थाल्छन्, तब यो महिलाका लागि समस्याको कारण बन्छ । महिलाको अनुहारमा पलाएको रौंले आत्मविश्वास पनि कमजोर बनाउँछ ।

प्रायः महिलाहरूले यसका लागि रेजर प्रयोग गर्छन्, जुन सरल, छिटो र सस्तो उपाय हो । तर यसबारे धेरै भ्रम पनि फैलिएको छ । कतिपयले भन्छन्, ‘सेभिङले रौं बाक्लो र कालो भएर आउँछ’, केहीले भन्छन् ‘छालामा नकारात्मक असर गर्छ ।’

के हो वास्तविकता ?

महिलाहरूले सेभिङ रोज्ने मुख्य कारण यसको सहजता हो । घरमै सजिलै गर्न सकिन्छ र कुनै महँगो उपकरणको आवश्यकता पर्दैन । सामान्य रेजर वा महिलाहरूका लागि बनाइएको फेसियल रेजर प्रयोग गरेर तुरुन्तै रौं हटाउन सकिन्छ । यसले समय र पैसा दुवै बचत गर्छ ।

सेभिङका फाइदाहरू

सेभिङलाई महिलाहरूले छनोट गर्ने मुख्य कारणहरू यसको सजिलो र किफायती पक्ष हुन् । यो विधि घरमै गर्न सकिन्छ र कुनै विशेष उपकरण वा महँगो उत्पादनको आवश्यकता पर्दैन ।

सामान्य रेजर वा महिलाहरूका लागि विशेष डिजाइन गरिएको फेसियल रेजर प्रयोग गरेर तुरुन्तै अनावश्यक रौं हटाउन सकिन्छ । यसले समय र पैसा दुवै बचत गर्छ । विशेषगरी चाँडै कुनै कार्यक्रम वा पार्टीमा जानुपर्दा यो सबैभन्दा छिटो विकल्प बन्न सक्छ ।

मृत कोषिका हटाउँछ

सेभिङले छालाको मृत कोषहरू पनि हटाउँछ । रेजरको धारले रौंसँगै छालाको माथिल्लो तहको मृत कोषिकालाई हटाउँछ । यो एक प्रकारको सौन्दर्य उपचार हो, जसले छालालाई चम्किलो र नरम बनाउँछ । यसबाट छालामा प्राकृतिक निखार आउँछ र अनुहारमा लगाइएको सौन्दर्य प्रसाधनहरू जस्तै मोइस्चराइजर, सिरम वा फेस मास्क राम्ररी सोसिन्छन् ।

मेकअप लगाउँदा पनि उज्यालो देखाउँछ । किनकि, रौं र मृत कोषिका हटेपछि मेकअप राम्रो देखिन्छ र लामो समयसम्म टिक्छ ।

दाग वा निशान छोड्दैन

सेभिङले छालामा लामो समयसम्म दाग वा निशान छोड्दैन । भ्याक्सिन, थ्रेडिङ वा केमिकल डिपिलेटरी जस्ता विधिहरूमा छालामा रातोपन, जलन वा दाग लाग्ने सम्भावना बढी हुन्छ, तर राम्रोसँग सेभिङ गर्दा यस्ता समस्या न्यून हुन्छन् ।

यदि तपाईंले सही तरिकाले सफा रेजर प्रयोग गर्नुभयो र सेभिङ क्रिम वा जेल लगाउनुभयो भने छालामा कुनै रासायनिक प्रतिक्रिया हुँदैन । यो विधि प्राकृतिक र कम इरिटेटिङ हुन्छ, विशेषगरी संवेदनशील छाला भएकाहरूका लागि । यसले छालालाई नरम र मुलायम बनाउँछ, जसबाट आत्मविश्वास बढ्छ ।

सेभिङका बेफाइदा 

सेभिङका फाइदाहरू भए पनि यसका केही जोखिमहरू पनि छन् जसलाई बेवास्ता गर्नुहुँदैन । यदि सावधानी अफनाइएन भने छाला पोल्ने, रातोपन वा संक्रमण हुनसक्छ । पुरानो वा फोहोर रेजर प्रयोग गर्दा ब्याक्टेरिया संक्रमणको खतरा बढ्छ ।

होश नगर्दा सानो घाउ बनाउन सक्छ, जसबाट दुखाइ हुने काटिएको भाग सुन्निने हुनसक्छ । विशेषगरी संवेदनशील छाला भएकाहरूमा यो समस्या बढी देखिन्छ । यदि गलत दिशामा वा बढी दबाब दिएर सेभिङ गरियो भने रेजरबाट छाला काटिने जोखिम सधैं रहन्छ । यसलाई रोक्नका लागि सधैं ताजा, सफा र महिलाहरूका लागि बनाइएको रेजर प्रयोग गर्नुपर्छ ।

सेभिङपछि कपालहरू छिट्टै फर्किन्छन् । काटिएको कपाल केही दिनमा नै उम्रिन थाल्छ, जसले गर्दा बारम्बार सेभिङ गर्नुपर्छ । यदि छाला पहिलेदेखि नै संवेदनशील, सुक्खा वा एक्जिमा जस्ता समस्या भएकामा सेभिङले छालाको तह तन्किन सक्छ । यसले एलर्जी, रैश वा इनग्रोन हेयर (बाल छालाभित्रै फर्केर हुर्किने) को समस्या पनि ल्याउन सक्छ । यस्ता अवस्थामा चिकित्ससँग सल्लाह लिनु उत्तम हुन्छ ।

सेभिङ गर्नुअघि

छाला सफा गर्ने । त्यसका लागि सेभिङ जेल वा फोम लगाउन सकिन्छ । रौंको दिसामा नै रेजर लगाउने र पछि मोइस्चराइजर लगाउन सकिन्छ । यसले पोल्न कम गर्छ । छाला फुस्रो बनाउँदैन ।

यदि तपाईंलाई बारम्बार समस्या आइरहन्छ भने भ्याक्सिङ, लेजर वा अन्य स्थायी विधिहरू अपनाउन सकिन्छ । सेभिङले रौंलाई बाक्लो बनाउँदैन । छालाको स्वास्थ्यलाई प्राथमिकता दिँदै यदि तपाईंलाई यो विधि उपयुक्त लाग्छ भने यसलाई नियमित रूपमा अपनाउन सकिन्छ ।

यद्यपि, कुनै पनि नयाँ तरिका अपनाउनुअघि छाला विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?