+
+
Shares

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १२:३३

११ माघ, दमौली (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्ती मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८:४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?