+
+
Shares

प्रचण्डलाई घनश्यामले सम्झाए अप्ठयारा मान्छेहरुको गौरव

नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै जीन्दगीका गौरब नबिर्सन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १३:४६

११ माघ, काठमाडौं । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै जीन्दगीका गौरब नबिर्सन आग्रह गरेका छन् ।

पार्टी अनुशासन नमानेको आरोपमा नेकपाले हरिबोल गजुरेल र महेश्वर दाहालहरुलाई कार्बाही गरेपछि भूसालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रचण्डलाई यी अप्ठ्यारा मान्छेहरुको गौरव नबिर्सन आग्रह गरेका हुन् ।

‘हरिबोल गजुरेल र महेश्वर दाहालहरुले तपाईँको अनुशासन उल्लङघन गरे होलान्, त्यसको बदलामा अनुशासित र सजिला मानिसहरु भर्ती भइरहेका होलान्,’ भूसालले लेखेका छन्, ‘तर नबिर्सिनुस्, तपाईले आफ्नै जीन्दगीमा गौरव गर्ने केही जिच छ भने त्यो हरिबेला वा महेश्वरहरु जस्ता अप्ठेराहरुले बनाइदिएका हुन् ।’

उनले प्रचण्डलाई सजिलो मान्छे भर्ती गर्ने प्रवृत्तिबाट पछाडि फर्कन पनि अपिल गरेका छन् ।

‘तपाई र तपाई जस्ता शक्तिशालीहरुले जुन दिनदेखि अप्ठेराहरुको ठाउँमा सजिला र अनुशासित मानिसहरुको भर्ती गर्न थाल्नुभयो, तपाईँहरुको गौरवका एक एक गजुरहरु भत्किँदै गए, त्यसको मुल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दैछ,’ भूसालले लेखेका छन्, ‘तपाईँमा कहीं कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?