+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

निर्वाचन आचारसंहिताका कारण निर्माण व्यवसायी महासंघको साधारणसभा स्थगित

निर्वाचन आयोगले पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको स्मरण गराइ साधारणसभा स्थगित गर्न भनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघको २६औं साधारणसभा तथा निर्वाचन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण स्थगित भएको छ।
  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएको स्मरण गराउँदै महासंघलाई साधारणसभा स्थगित गर्न पत्र पठाएको थियो।
  • महासंघ महासचिव रोशन दाहालले अर्को सूचना नआएसम्म महासंघको सबै कार्यक्रम रोकिएको जानकारी दिनुभयो।

१२ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन आचारसंहिताका कारण नेपाल निर्माण व्यवसायी महासंघको निर्धारित २६औं साधारणसभा तथा निर्वाचन स्थगित भएको छ ।

महासंघले १५ देखि १७ माघमा साधारणसभा तथा १३औं अधिवेशन आयोजना गरेको थियो । तर, निर्वाचन आयोगले पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको स्मरण गराइ साधारणसभा स्थगित गर्न भनेको हो ।

सोही अनुसार महासंघको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको महासंघ महासचिव रोशन दाहालले जानकारी दिए । उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म महासंघको कार्यक्रम रोकिएको छ ।

आचारसंहिताले सबै प्रदेश, जिल्ला संघ र एसोसिएट तथा वस्तुगत संघसंस्थाको साधारणसभा समेत स्थगित भएको महासंघले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?