+
+
Shares

झापा ५ का राप्रपा उम्मेदवारको आरोप : बालेनले आचारसंहिता उल्लङ्घन गरे

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले झापा ५ मा रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन्।
  • उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा बालेन शाहका समर्थक ठूलो संख्यामा उपस्थित थिए।
  • निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तडकभडक नगर्न दलहरूलाई आग्रह गरेको थियो।

६ माघ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मीप्रसाद संग्रौलाले रास्वपा उम्मेदवार बालेन शाहले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लक्ष्मीप्रसादले आचारसंहिताको उल्लङ्घन भएको बताएका हुन् ।

उम्मेदवारी दर्ताका लागि मंगलबार निर्वाचन कार्यालयतर्फ जाँदा ठूलो संख्यामा बालेनका समर्थकको उपस्थिति थियो । निर्वाचन आयोगले तडकभडक नगरी उम्मेदवारी दर्ताका लागि जान दलहरूलाई आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?