+
+
Shares

देशव्यापी प्रविधि ह्याकाथन ‘कोड फर इम्प्याक्ट’ को सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स नेपाल र आद्यन्त फन्ड म्यानेज्मन्टसँगको साझेदारीमा 'कोड फर इम्प्याक्ट : अमेरिका-नेपाल प्रविधि नवप्रवर्तन ह्याकाथन' सुरु गरेको छ।
  • यो ६ महिना लामो कार्यक्रमले नेपालका ७ वटै प्रदेशबाट १७५ भन्दा बढी युवा नवप्रवर्तकलाई प्रविधिमा आधारित समाधान विकासका लागि संलग्न गराउने छ।
  • ह्याकाथन माघ ४ देखि २३ गतेसम्म बुटवल, पोखरा, धनगढी, विराटनगर, जनकपुर, सुर्खेत र काठमाडौँमा आयोजना हुनेछ र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र डिजिटल व्यापारका चुनौतीलाई सम्बोधन गर्नेछ।

काठमाडौँ । अमेरिकी दूतावासले आद्यन्त अड्भाइजरी, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र आद्यन्त फन्ड म्यानेज्मन्टसँगको साझेदारीमा सोमबार ‘कोड फर इम्प्याक्ट : अमेरिका-नेपाल प्रविधि नवप्रवर्तन ह्याकाथन” सुरुवातको घोषणा गरेको छ ।

यो देशव्यापी पहलले स्थानीय चुनौतीलाई प्रविधिमा आधारित समाधानको विकासका निम्ति नेपालका ७ वटै प्रदेशबाट गरी १७५ जनाभन्दा बढी युवा नवप्रवर्तकलाई संलग्न गराउने जनाइएको छ ।

६ महिना लामो यस कार्यक्रमले विद्यार्थी, नयाँ पेसाकर्मी र उद्यम गर्न चाहने आकांक्षीलाई सफलताका लागि एक बृहत् माध्यम उपलब्ध गराउने छ जसमा सघन प्रादेशिक ह्याकाथनहरू, व्यावहारिक मार्गदर्शन, बीज कोष र थप विकास एवं लगानीका मार्गहरूलगायत समावेश हुनेछन् ।

‘नेपालका नवप्रवर्तकको आगामी पुस्ता असाधारण रूपमा सृजनशील र सक्षम छ’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘कोड फर इम्प्याक्ट कार्यक्रममार्फत काठमाडौँभन्दा धेरै टाढासम्म देशभरका युवालाई उन्नत प्रविधि उपकरण, मार्गदर्शन र अवसर प्रत्यक्ष रूपमा प्रदान गर्ने प्लेटफर्मलाई सहयोग गर्न पाएकोमा अमेरिकालाई गर्व छ ।’

उनले यो पहलले अमेरिका-नेपाल साझेदारीको मजबुतीका साथै नवप्रवर्तन, सीप विकास र दुई देशबिच व्यापारिक सम्बन्धलाई गहिरो बनाउने आर्थिक वृद्धिलाई तीव्रता दिने हाम्रो साझा प्रतिबद्धता दर्शाउने बताए ।

ह्याकाथन श्रृंखला माघ ४-५ गते बुटवलबाट सुरु भएको छ । माघ ८-९ गते पोखरामा जारी रहनेछ । त्यसपछि माघ १२-१३ गते धनगढी र विराटनगरमा एकैसाथ कार्यक्रम हुनेछन् ।

यो यात्रा माघ १६–१७ गते जनकपुर र माघ १७–१८ गते सुर्खेत पुगी माघ २२–२३ गते काठमाडौँमा समापन हुनेछ । ह्याकाथनका प्रतिस्पर्धीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र डिजिटल व्यापारमा रहेका चुनौतीलाई सम्बोधन गर्न नीतिपरक ‘एआई’, मानव–केन्द्रित डिजाइन र विश्वव्यापी प्रविधि प्लेटफर्महरूको प्रयोग गर्नेछन् । उनीहरूलाई अनुभवी संस्थापक, प्रविधि विज्ञ र ‘इकोसिस्टम’ नेतृत्वकर्ताहरूसहितको सञ्जालले मद्दत गर्नेछ ।

“सिलिकन भ्यालीलगायतका सुदृढ प्रविधि ‘इकोसिस्टम’ साझा ज्ञान र निरन्तरको परीक्षणका साथै साहसी एवं मेहनती प्रतिभालाई सफलताका लागि आवश्यक स्रोतसाधनसहित विश्वास गर्ने तत्परताको जगमाथि निर्मित हुन्छन्’ सेक्युरिटीपालका संस्थापक, एक मार्गदर्शक र यस पहलका साझेदारसमेत रहेका पुकार हमालले भने, ‘नेपालमा त्यस्तो खाले अवस्थाको सृजना गर्नुका साथै नेपालको ‘सिलिकन पिक्स’ ब्रान्डिङ्जस्ता प्रयासमार्फत प्रविधिसँग सम्बन्धित हाम्रा क्षमताको दृश्यता पनि बढाउँदै हामीले आफ्ना सोचहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी कम्पनीमा परिणत गर्न सक्छौँ ।’

अमेरिकाको स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव नजिकिँदै गर्दा, कोड फर इम्प्याक्टले व्यावहारिक समस्या समाधान र आर्थिक अवसरप्रतिको साझा प्रतिबद्धतामाथि प्रकाश पारेको दूतावासले उल्लेख गरेको छ । स्थानीय प्रतिभा र विश्वमा उपलब्ध स्रोत साधनबिचको खाडललाई कम गरी यस कार्यक्रमले प्रादेशिक समाधानलाई व्यवहारिक उद्यमशिलतामा विकसित गर्न मद्दत पुर्‍याउनुका साथसाथै अमेरिका र नेपालबिच नवप्रवर्तनसँग सम्बद्ध सम्बन्धलाई गहिरो बनाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?