News Summary
Generated by OK AI. Editorially reviewed.- न्युरोड टिमले राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ।
- एनआरटीका लागि विज्ञान खड्काले दुई र टिमोथी ओकेरेकले एक गोल गरे भने सातदोबाटोका फोडे फोफानाले एक गोल फर्काए।
- लिगमा कास्कीको लालिगुराँस एसोसिएसनले बाराको नव जन जागृति युवा क्लबलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।
५ माघ, काठमाडौं । न्युरोड टिम (एनआरटी) ले राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।
एनआरटीको जितमा विज्ञान खड्काले दुई तथा टिमोथी ओकेरेकले एक गोल गरे । सातदोबाटोका लागि फोडे फोफानाले एक गोल फर्काए । यसअघि एनआरटी पहिलो खेलमा मछिन्द्र एफसीसँग पराजित भएको थियो ।
लिगमा पहिलो हार बेहोरेको सातदोबाट दुई खेलसम्म जितविहिन छ । पहिलो खेलमा सातदोबाटोले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
विज्ञानले सातौं मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए भने टिमोथीले १७औं मिनेटमा अग्रता दोब्बर पारे । ३२औं मिनेटमा सातदोबाटोका फोडे फोफानाले गोल गर्दै खेलमा फर्काउने कोसिस गरेका थिए ।
तर त्यसपछि सातदोबाटोले थप गोल गर्न सकेन भने एनआरटीका लागि विज्ञानले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे ।
लिगमा आजै साँझ साढे ६ बजे मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आज भएको पहिलो खेलमा कास्कीको लालिगुराँस एसोसिएसनले बाराको नव जन जागृति युवा क्लबलाई ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ









प्रतिक्रिया 4