News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल बंगलादेशसँग ३-० गोलअन्तरले पराजित भएको छ।
- बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले एक-एक गोल गरे।
- खेलको १४औं, १९औं र ३३औं मिनेटमा क्रमशः सबिना, कृष्णारानी र अक्तरले गोल गरेका थिए।
५ माघ, काठमाडौं । थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
सोमबार दिउँसो भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलअन्तरले पराजित भएको हो । बंगलादेशको जितमा सबिना खातुन, श्रिमोती कृष्णारानी सरकार र लिपि अक्तरले एक-एक गोल गरे ।
खेलको १४औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादशलाई अग्रता दिलाएकी थिइन् । १९औं मिनेटमा कृष्णारानीले गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखिन् ।
दोस्रो हाफको ३३औं मिनेटमा अक्तरले गोल गर्दै ३-० को जित दिलाइन् ।
प्रतिक्रिया 4