News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा फेब्रुअरी १३ देखि सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ।
- नेपाल समूह 'ए' मा भारत 'ए', पाकिस्तान 'ए' र यूएईसँग परेको छ र पहिलो खेलमा पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्नेछ।
- दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् र नेपालले १५ फेब्रुअरीमा यूएई र १७ फेब्रुअरीमा भारत 'ए' सँग खेल्नेछ।
५ माघ, काठमाडौं । थाइल्यान्डमा हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको समूह र खेलतालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार समूहसहित खेलतालिका सार्वजनिक गरेको हो ।
नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।
फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।
नेपालले दोस्रो खेल १५ फेब्रुअरीमा यूएई अनि तेस्रो खेल १७ फेब्रुअरीमा भारत ‘ए’ सँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया 4