News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले नव जनजागृति युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको छ।
- लालीगुराँसका आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोएटे जुनियरले एक-एक गोल गरे।
- आज दशरथ रंगशालामा एनआरटी र सातदोबाटो युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछन्।
५ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा लालीगुराँस स्पोर्ट्स एसोसिएसनले लगातार दोस्रो जित जित हासिल गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा लालीगुराँसले नव जनजागृति युथ क्लबलाई ४-१ गोलअन्तरले हराएको हो ।
लालीगुराँसको जितमा आशिष गुरुङले दुई गोल गरे भने अब्दुल युसुफ र एकोएटे जुनियरले एक-एक गोल गरे । नव जनजागृतिका लागि उमेश सन्जेलले सान्त्वना गोल फर्काए ।
खेलको २७औं मिनेटमा युसुफले गोल गर्दै लालीगुराँसलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५औं र ६०औं मिनेटमा आशिषले गोल गर्दै टोलीलाई ३-० ले अगाडि बढाए ।
८९औं मिनेटमा एकोएटेले गोल गरे भने इन्जुरी समयको पहिलो मिनेटमा नव जनजागृतिका लागि उमेशले सान्त्वना गोल फर्काए ।
लिगअन्तर्गत यसपछि आज दशरथ रंगशालामा दुई खेल हुनेछन् । दिउँसो २ बजे एनआरटी र सातदोबाटो युथ क्लब खेल्नेछन् भने साँझ साढे ६ बजे मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब आमनेसामने हुनेछन् ।
प्रतिक्रिया 4