News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन्।
- हार्भेले ३०५ लिस्ट ए खेलमा ४४५ विकेट लिएका छन् र अस्ट्रेलियाका लागि ७३ ओडिआई खेल्दै ८५ विकेट लिएका छन्।
- नेपाल क्रिकेट संघले हार्भेलाई आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरेको छ।
१ माघ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमको बलिङ कन्सलट्यान्ट प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नियुक्त भएका छन् ।
काउन्टी टिम ग्लामोर्गानका सहायक प्रशिक्षकसमेत रहेका हार्भेलाई टी-२० विश्वकपलाई लक्षित गर्दै कन्सलट्यान्टमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
हार्भेले ३०५ लिस्ट ए खेलमा ४४५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ७३ ओडिआई खेलेका उनले ८५ विकेट लिएका छन्
आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा नेपालले खेल्दै छ ।
प्रतिक्रिया 4