+

अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने

२०८२ माघ  १ गते ९:४० २०८२ माघ १ गते ९:४०
अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रिकन कफ अफ नेसन्सको फाइनलमा सेनेगल र मोरक्को भिड्ने भएका छन् ।
  • सेनेगलले सेमिफाइनलमा इजिप्टलाई १-० ले हराएको छ ।
  • मोरक्कोले नाइजेरियालाई पेनाल्टीसुटआउटमा ४-२ ले हराउँदै फाइनल यात्रा तय गरेको छ ।

१ माघ, काठमाडौं । अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन् ।

टांगिएरस्थित टांगिएर ग्राण्ड्स स्टेडियममा गएराती भएको पहिलो सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगेको हो ।

सेनेगलका लागि साडियो मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै रबातको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टीसुटआउटमा ४-२ ले हराउँदै सेनेगलसँग उपाधि भेट पक्का गरेको हो ।

गोलकिपर यासिन बोनोले दुई पेनाल्टी बचाएपछि मोरक्कोले फाइनल यात्रा तय गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएकोपछि पेनाल्टी सुटआउटमा पुगेको हो ।

मोरक्कोका लागिनेइल एल अयानाओयुई, एलिएस्से बेन सेघिर, अच्रफ हाकिमी र युसु एन-नेस्रीले पेनाल्टीमा गोल गरे ।  हाम्जा इगामानेको प्रहार नाइजेरियाका गोलकिपर स्ट्यान्ली न्वाबालीले बचाएका थिए ।

तर सुटआउटमा प्रभावशाली बनेका मोरक्कोका गोलकिपर बोनोले नाइजेरियाका दुई पेनाल्टी रोके । उनले सामुएल चुक्वुएजे र ब्रुनो ओनयमाचीको प्रहार रोके ।

नाइजेरियाका लागि पाउल ओनुएचु र एफ डेले बासिरुले मात्र पेनाल्टीमा गोल गरे ।

तस्बीर : अफकन

अफ्रिकन कफ अफ नेसन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय