News Summary
Generated by OK AI. Editorially reviewed.- पेसएक्स स्पोर्ट्सले नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना भएको जानकारी सार्वजनिक गरेको छ ।
- संस्थाकी अध्यक्ष संगीता कर्णले प्रशिक्षण अभाव र दीर्घकालीन दिगोपनको कमी समस्या समाधान गर्ने लक्ष्य रहेको बताइन् ।
- संस्थाले विद्यालय, समुदाय र निजी क्षेत्रसँग सहकार्य गरी खेलकुद इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
३० पुस, काठमाडौँ । नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोर्ट्स’ ले आफ्नो औपचारिक जानकारी सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाको उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिइएको हो ।
संस्थाकी संस्थापक अध्यक्ष संगीता कर्णले नेपालमा खेलकुदको अपार सम्भावना हुँदाहुँदै पनि जरा तहमा प्रशिक्षणको अभाव र दीर्घकालीन दिगोपनको कमी जस्ता समस्या विद्यमान रहेको बताउँदै ती चुनौतीलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोर्ट्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी दिइन् ।
‘पेसएक्स नेपाली खेलकुदको दिगो विकास’ केवल प्रशिक्षण केन्द्रमा सीमित नरही खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढ्ने कर्णले बताइन् ।

संस्थाले खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्नु संस्थाको दीर्घकालीन लक्ष्य रहेको राखेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सौरव सिंहले संस्थाले विद्यालय तथा समुदाय स्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताए ।
‘पेसएक्स स्पोर्ट्स’ ले प्रशिक्षक, पूर्व खेलाडी, विद्यालय, खेल संघ–संस्था, स्थानिय तह, निजी क्षेत्र तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै दीर्घकालीन प्रभाव पार्ने खेलकुद इकोसिस्टम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाले युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने जनाएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका कार्यकारी निर्देशक डा. रिसव दासको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4