+

राष्ट्रिय लिग : चर्च ब्वाइज र श्री भगवतीले बाँडे अंक

२०८२ पुष  ३० गते १७:३३ २०८२ पुष ३० गते १७:३३
राष्ट्रिय लिग : चर्च ब्वाइज र श्री भगवतीले बाँडे अंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
  • श्री भगवतीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा चर्च ब्वाइजले गोल फर्काएको हो ।
  • पहिलो खेलमा फ्रेण्ड्सले कांक्रेविहारलाई हराएर ३ अंक जोडेको छ ।

३० पुस, काठमाडौं । कप्तान एरिक विष्टले दोस्रो हाफमा गरेको गोल मदतमा चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको राष्ट्रिय लिगको दोस्रो खेलमा पछिल्लो पटक भएको ए डिभिजन लिगको विजेता चर्च ब्वाइजले सुरुवातमा पछि परेर पनि पुनरागमन गरेको हो ।

हरिहर बुढामगरले ४५औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिले अग्रता दिलाएका थिए । चर्च ब्वाइजका लागि एरिकले ५६औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीपछि दुवैले १-१ अंक बाँडेको छ ।

बुधबारै भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले कांक्रेविहारलाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय लिग अन्तर्गत बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच बिहान ११ बजे खेल हुनेछ । यस्तै दोस्रो खेल लालिगुराँस एसोसिएसन र जावलाखेल युथ क्लबबीच दिउँसो ३ बजे हुनेछ  । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

 

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय