३० पुस, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा ललितपुरको फ्रेण्ड्स क्लबले विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज भएको पहिलो खेफमा फ्रेण्ड्सले सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ३-१ ले पराजित गरेको हो ।
फ्रेण्ड्सका लागि प्रशान्त लक्षम, प्रवेश बस्नेत र आशिष चापागाईँले १-१ गोल गरे । काँक्रेविहारका लागि फ्रेण्ड्सकै कमल श्रेष्ठले आत्मञाती गोल गरेका थिए ।
खेफको छैँटौँ मिनेटमा फ्रेण्ड्सका कमलले आत्मघाती गोल गर्पछि काँकेविहारले अग्रता लिएको थियो ।
तर फ्रेण्ड्सका प्रशान्त लक्षमले पहिलो हाफको ईन्जुरी टाईममा बराबरी गोल गर्दै टिमललाई खेलमा फर्काए । दोस्रो हाफमा प्रवेश र आशिषले गोल गर्पछि फ्रेण्ड्सले सहज जित हात पारेको हो ।
जितपछि फ्रेण्ड्सले ३ अंक जोडेको छ । फ्रेण्ड्सका मौसम सुब्बा प्लेखर अफ दि म्याच घोषित भए ।
आजै श्री भगवत क्लब र चर्च ब्वाईज युनाईटेडबीच दोस्रो खेल हुनेछ ।
प्रतिक्रिया 4