News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्मअप खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भयो।
- आयरल्याण्डले दिएको २०१ रनको लक्ष्य नेपालले १९ ओभरमा १०१ रनमा अल आउट भएर पूरा गर्न सकेन।
- नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ।
३० पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।
नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन् ।
त्यस्तै, ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन् ।
नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए ।
यो खेलको कुनै अन्तराष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।
प्रतिक्रिया 4