+

राष्ट्रिय लिग फुटबल आजदेखि, पहिलो दिन दुई खेल हुँदै

२०८२ पुष  ३० गते ७:४८ २०८२ पुष ३० गते ७:४८
राष्ट्रिय लिग फुटबल आजदेखि, पहिलो दिन दुई खेल हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय लिग फुटबल प्रतियोगिता ३० पुसदेखि काठमाडौंमा सुरु हुँदैछ।
  • पहिलो खेलमा काँक्रेविहार युथ क्लब र फ्रेण्ड्स क्लबबीच विहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुनेछ।
  • राष्ट्रिय लिगमा १७ टोली सहभागी छन् र विजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ।

३० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा आज सुर्खेतको काँक्रेविहार युथ क्लब र ललितपुरको फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ ।

आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ ।  दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

श्री भगवती बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएको क्लब हो । यस्तै चर्च ब्वाईजले पछिल्लो पटक २०७९-८० मा भएको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो ।

राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ ।  सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल १३६ खेल हुनेछ ।

एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।

राष्ट्रिय लिगको विजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।

दस वर्षपछि राष्ट्रिय लिग फुटबल आयोजना हुन लागेको हो । पछिल्लो पटक २०७२ सालमा राष्ट्रिय लिग फुटबल आयोजना भएको थियो ।

एन्फाले शीर्ष श्रेणीको फुटबल सहिद स्मारक ए डिभिजन लिग नियिमत आयोजना गर्न नसकेपछि यस सिजन राष्ट्रिय लिग आयोजना गर्न लागेको हो ।

लामो समयपछि घरेलु लिग सुरु हुन लाग्दा खेलाडी र प्रशिक्षकहरु उत्साहित छन् । तर कमजोर तयारी बिनै हुन लागेको राष्ट्रिय लिगको खासै चर्चा छैन । राष्ट्रिय लिगमा रेलिगेसनको प्रावधान नहुने भएकोले पनि यसको चार्म अली कम देखिएको हो ।

यसअघि राष्ट्रिय लिगमा १० क्लबले प्रतिस्पर्धा गर्ने गरी पनि यस पटक भने १७ क्लबले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय