+

साफ फुटसल च्याम्पियनसिप : श्रीलंकासँग नेपाल बराबरीमा रोकियो

२०८२ पुष  २९ गते २०:२६ २०८२ पुष २९ गते २०:२६
साफ फुटसल च्याम्पियनसिप : श्रीलंकासँग नेपाल बराबरीमा रोकियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डमा सुरु भएको एको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल र श्रीलंकाबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।
  • नेपालले सुरुवाती गोल पछि पुनरागमन गर्दै २-१ ले अगाडि बढेको थियो भने श्रीलंकाले गोल फर्काएर अंक जोगाएको हो।
  • नेपालले आगामी खेलमा माल्दिभ्स, भारत, बंगलादेश, पाकिस्तान र भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

२९ पुस, काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु भएको साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ ।

निर्धारित ४० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलमा श्रीलंकाले सुरुवाती अग्रता लिएर नेपालले पुनरागमन गर्दै २-१ ले अगाडि आएको थियो ।

तर श्रीलंकाले फेरि गोल फर्काउँदै अंक जोगाएको हो । बराबरीसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् ।

नेपालका लागि मनीषा थापामगरले ११औं तथा बिमला चौधरीले १५औं मिनेटमा गोल गरेका थिए । श्रीलंकाका थर्मिका शिभानेस्वरनले दोस्रो मिनेटमा तथा थरिलि लियानागेले २५औं मिनेटमा गोल गरिन् ।

नेपाली महिला टोलीले यसपछि १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ ।

साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गरेको हो ।

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय