News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप तयारीका लागि जनवरीमा दुई चरणमा अभ्यास खेल खेल्नेछ।
- टोलीले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ टोलीसँग तीन टी-२० खेल खेल्नेछ।
- नेपालले फेब्रुअरी ८ मा टी-२० विश्वकपमा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।
२९ पुस, काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई चरणमा अभ्यास शृंखलाहरू खेल्ने भएको छ ।
स्वदेशमा दुई चरणको तयारी क्याम्प सम्पन्न गरेपछि नेपाली टोली श्रीलंका गएर श्रीलंका ‘ए’ टोलीसँग तीन टी-२० खेल खेल्नेछ। यी खेल जनवरी २०, २२ र २४ मा हुनेछन्। यसअघि टोलीले जनवरी १९, २१ र २३ मा अभ्यास गर्ने कार्यक्रम छ।
श्रीलंकापछि नेपाली टोली भारत जानेछ, जहाँ मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट–११ सँग दुई टी–२० अभ्यास खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल जनवरी २९ मा दिनको खेलका रूपमा र दोस्रो खेल जनवरी ३१ मा दिन/रातको खेलका रूपमा सीसीआई मैदानमा हुनेछ। भारतमा टोलीले जनवरी २७ र २८ मा अभ्यास गर्नेछ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया 4