+

लिभरपुल एफए कपको चौथो चरणमा

२०८२ पुष  २९ गते १०:०२ २०८२ पुष २९ गते १०:०२
लिभरपुल एफए कपको चौथो चरणमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिभरपुलले इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ।
  • लिभरपुलले बार्न्सलीलाई ४-१ गोलअन्तरले हराएको छ।
  • डोमिनिक सोबोस्लाइ, जेरेमी फ्रिम्पोङ, फ्लोरियन विट्ज र ह्‍युगो एकिटिकले गोल गरेका छन्।

२९ पुस, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्न्सलीलाई ४-१ गोलअन्तरले हराउँदै लिभरपुल अगाडि बढेको हो ।

लिभरपुलको जितमा डोमिनिक सोबोस्लाइ, जेरेमी फ्रिम्पोङ, फ्लोरियन विट्ज र ह्‍युगो एकिटिकले एक-एक गोल गरे। बार्न्सलीका एडम फिलिप्सले एक गोल गरे ।

खेलको नवौं मिनेटमा सोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा जेरेमीले गोल गरे । ४०औं मिनेटमा बार्न्सलीका फिलिप्सले गोल फर्काएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

८४औं मिनेटमा विट्ज अनि इन्जुरी समयमा एकिटिकले गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भयो ।

एफए कप फुटबल लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय