+

अस्ट्रेलियन कप्तान अलिसा हिलीको सन्यास घोषणा

२०८२ पुष  २९ गते ८:४२ २०८२ पुष २९ गते ८:४२
अस्ट्रेलियन कप्तान अलिसा हिलीको सन्यास घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अलिसा हिलीले भारतविरुद्धको घरेलु सिरिजपछि सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन्।
  • उनले फेब्रुअरीमा हुने टी–२० अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णय गरेकी छन् र टी-२०आई करियरबाट बिदा भएकी छन्।
  • हिलीले १२३ महिला एकदिवसीय, १६२ टी–२० र १० टेस्ट खेलमा उल्लेखनीय प्रदर्शन गरेकी छन् र ६ पटक टी-२० विश्वकप जितेकी छन्।

२९ पुस, काठमाडौं । अस्ट्रेलियन महिला क्रिकेट टिमकी कप्तान तथा अनुभवी विकेटकिपर–ब्याटर अलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेकी छन्।

उनले भारतविरुद्ध हुने घरेलु सिरिजपछि सबै फर्म्याटको क्रिकेटबाट बिदा लिने बताएकी हुन्। ३५ वर्षीया हिलीले फेब्रुअरीमा हुने टी–२० अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णय गरेकी छन्, यसर्थ उनी टी-२०आई करियरबाट पनि बिदा भएकी हुन् ।

भारतविरुद्धको आउँदो एकदिवसीय र टेस्ट सिरिज नै उनको अन्तिम अन्तर्राष्ट्रिय सहभागिता हुनेछ ।

करिब दुई दशक लामो करियरमा हिलीले अस्ट्रेलियाका लागि सबै फर्म्याटमा उल्लेखनीय योगदान दिएकी छन्। उनले महिला एकदिवसीय क्रिकेट (ओडिआई) मा १२३ खेल खेल्दै ७ शतक र १८ अर्धशतकसहित ३५६३ रन बनाएकी छन्।

त्यस्तै महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६२ खेलमा १ शतक र १७ अर्धशतकसहित ३०५४ रन बनाएकी छन्। टेस्ट क्रिकेटमा भने उनले १० खेलमा ३ अर्धशतकसहित ४८९ रन जोड्दै विकेटकिपरका रूपमा पनि प्रभावशाली प्रदर्शन गरेकी छन्।

हिलीले आफूमा पहिले जस्तो प्रतिस्पर्धात्मक ऊर्जा नरहेको महसुस भएकाले सन्यास लिने निर्णय सही भएको बताएकी छन्। उनको सन्यासपछि अस्ट्रेलियाले आगामी टी–२० विश्वकपको तयारी नयाँ कप्तानको नेतृत्वमा गर्नुपर्नेछ।

हाल उपकप्तान टालिया म्याकग्राथसँगै एश्ली गार्डनर र फोबे लिचफिल्ड सम्भावित कप्तानका रूपमा चर्चा छन्।

हिलीले ६ पटक टी-२० विश्वकप तथा २ पटक एकदिवसीय विश्वकप जितेकी छन् ।

अलिसा हिली सन्यास घोषणा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय