News Summary
Generated by OK AI. Editorially reviewed.- राइजिङ स्टार क्रिकेट एकेडेमीले माघ १ देखि २८ गतेसम्म काठमाडौंको सिफल ग्राउण्डमा यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
- प्रतियोगितामा उपत्यका बाहिरका ८ सहित कुल २७ टिम सहभागी हुनेछन् र जिल्ला स्तरका खेलाडीका लागि प्रवेश शुल्क निःशुल्क गरिएको छ।
- प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरी ६ टोली बनाइने र विजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
२८ पुस, काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौंको सिफल ग्राउण्डमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपत्यका बाहिरका ८ सहित कुल २७ टिमको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनिल मान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए । उनले यस्ता प्रतियोगिताले उमेर समूहका क्रिकेटर उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै, प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए । प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ वटा टोली बनाइने र उनीहरुलाई सिंगल राउण्ड रोबिन फर्म्याटमा सेतो जर्सीमा खेलाइने आयोजकले घोषणा गरेको छ ।
प्रतियोगिताको विजेताले ३० हजार तथा उपविजेताले २० हजार प्राप्त गर्नेछन् । प्लेअर अफ द सिरिजलाई किटब्याग, उत्कृष्ट ब्याटरलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिने आयोजकले जनाएको छ ।
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिताले भविष्यका क्रिकेट प्रतिभा उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया 4