+

एन्फा निर्वाचनका गतिविधि रोक्न‌ पाटन उच्च अदालतको आदेश

२०८२ पुष  २८ गते १६:३३ २०८२ पुष २८ गते १६:३३
एन्फा निर्वाचनका गतिविधि रोक्न‌ पाटन उच्च अदालतको आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघले घोषणा गरेको अग्रिम निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
  • अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
  • माघ १६ गते अन्तरिम आदेश छलफलको पेशी तोकिएको छ र सो अवधिसम्म कुनै निर्वाचन गतिविधि नगर्न भनिएको छ।

२८ पुस, काठमाडौं । पाटन उच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अग्रिम निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

एन्फाले आगामी माघ २८ गतेका लागि अग्रिम निर्वाचन गर्ने घोषणा गरेको थियो । त्यसका लागि तालिका समेत एन्फाले सार्वजनिक गरेको थियो ।

तर उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचनसँग सम्बन्धित कुनै पनि काम नगर्नु वा नगराउनू भनी न्यायधीश कृपासुर कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले निवेदक अमित खत्रीका तर्फबाट वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहितका कानुन व्यवसायीको बहस सुनेपछि विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

साथै, अन्तरिम आदेशको मागबारे दुवै पक्षलाई सुनुवाइ गरी निर्णय गर्न उपयुक्त हुने ठहर गर्दै अदालतले माघ ६ गतेका लागि अन्तरिम आदेश छलफलको पेशी तोकेको छ।

सो अवधिसम्मका लागि कुनै गतिविधि नगर्न भनिएको छ ।

एन्फा निर्वाचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय