+

रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सो बर्खास्त, नयाँ प्रशिक्षकमा अर्बेलोआ

२०८२ पुष  २९ गते ८:०५ २०८२ पुष २९ गते ८:०५
रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सो बर्खास्त, नयाँ प्रशिक्षकमा अर्बेलोआ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले आठ महिनाभन्दा कम समय प्रशिक्षक रहेका जाबी अलोन्सोलाई बर्खास्त गरेको छ।
  • क्लबले नयाँ प्रशिक्षकमा पूर्व खेलाडी अल्भारो अर्बेलोआलाई नियुक्त गरेको छ।
  • अर्बेलोआले बुधबार कोपा डेल रे अन्तर्गत हुने खेलमा टोलीको नेतृत्व गर्नेछन्।

२९ पुस, काठमाडौं । रियल मड्रिडले मुख्य प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेको छ । अलोन्सोले आठ महिनाभन्दा कम समय मात्रै टोली सम्हालेका थिए।

क्लबले आपसी सहमतिमा जाबीसँग बाटो अलग गरेको जनाउँदै नयाँ प्रशिक्षकमा पूर्व खेलाडी तथा हाल बी–टोलीका प्रशिक्षक अल्भारो अर्बेलोआलाई नियुक्त गरेको छ।

आइतबार भएको स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग ३–२ ले पराजित भएपछि अलोन्सोमाथि दबाब बढेको थियो। हाल ला लिगामा पनि रियल मड्रिड बार्सिलोनाभन्दा चार अंक पछाडि छ। च्याम्पियन्स लिगमा पनि टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको थिएन।

मिडियाका अनुसार, अलोन्सोको स्टार खेलाडी किलियन एम्बाप्पे र भिनिसियस जुनियरसँग रणनीति तथा खेल्ने शैलीलाई लिएर मतभेद भएको थियो। साथै क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि असमझदारी भएपछि उनको भविष्य टुंगिएको बताइएको छ।

अलोन्सोले रियल मड्रिडका लागि ३४ खेलमा २४ जित हासिल गरेका थिए। क्लबले उनलाई ‘रियल मड्रिडको लिजेन्ड’ भन्दै सम्मानका साथ बिदाइ गरेको छ।

नयाँ प्रशिक्षक अर्बेलोआले यसअघि कहिल्यै सिनियर टोली सम्हालेका छैनन्। उनी तत्कालै जिम्मेवारी सम्हाल्नेछन् र कोपा डेल रे अन्तर्गत बुधबार हुने खेलमा नेतृत्व गर्नेछन् ।

-बीबीसीबाट

जाबी अलोन्सो रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय