+

साफ फुटसल च्याम्पियनसिप : महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दै

२०८२ पुष  २९ गते ८:१६ २०८२ पुष २९ गते ८:१६
साफ फुटसल च्याम्पियनसिप : महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डमा आजदेखि सुरु हुने साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दैछ।
  • नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ।
  • साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्न लागेको हो जसमा सातै दक्षिण एसियाली देशका महिला र पुरुष टोली सहभागी छन्।

२९ पुस, काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु हुने साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्न लागेको हो । जसमा दक्षिण एसियाका सातै देशका महिला र पुरुष दुवैको प्रतियोगिता हुनेछ । पुरुषतर्फ नेपालले पहिलो खेल शुक्रबार खेल्नेछ ।

पुरुष फुटसल टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेपनि महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो ।

नेपाली महिला टोलीले यसपछि १५ जनवरीमा माल्दिभ्स, १७ जनवरीमा भारत, १९ जनवरीमा बंगलादेश, २१ जनवरीमा पाकिस्तान तथा २५ जनवरीमा भुटानसँग खेल्नेछ ।

साफको इतिहासमा दक्षिण एसिया बाहिर आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो ।

नेपाली महिला टोली : अनिता केसी, अञ्जली मछामसी, बिमला चौधरी, बिमला थापा, दीपा राई, जेनिफर राना, झरना डुम्राकोटी (गोलकिपर), मनीषा थापा मगर, प्रतिक्षा ठाकुरी, रोशनी बोहोरा क्षेत्री, साबित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई र सुष्मा तामाङ

साफ फुटसल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय