+

आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

२०८२ पुष  २२ गते १९:१९ २०८२ पुष २२ गते १९:१९
आईसीसी टी-२० विश्वकपका लागि नेपालको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली आईसीसी टी-२० विश्वकप २०२६ का लागि घोषणा गरेको छ।
  • शेर मल्ल पहिलोपटक सिनियर टोलीमा परेका छन् भने बसिर अहमद पनि विश्वकप टोलीमा समावेश भएका छन्।
  • कुशल मल्ल र मोहम्मद आदिल आलम विश्वकप खेल्ने टोलीमा परेका छैनन्।

२२ पुस, काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो । टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् ।

शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।

विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय