News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी फागुन पहिलो साता हुने दशौं राष्ट्रिय खेलकुदका लागि प्राविधिक, प्रचार र पोशाक गरी तीन उपसमिति गठन भएका छन्।
- प्राविधिक उपसमिति संयोजकमा कुमार लामा घिसिङ, प्रचार उपसमितिमा जगत टमाटा र खेल पोशाक उपसमितिमा सन्तकुमार मेहता तोकिएका छन्।
- खेल पोशाक उपसमिति सार्वजनिक खरिदअन्तर्गत पर्ने भएकाले टेन्डर आह्वान गर्नुपर्नेछ।
२२ पुस, काठमाडौं । आगामी फागुन पहिलो साता हुने तय भएको दशौं राष्ट्रिय खेलकुदका लागि तीन उपसमिति गठन भएका छन् ।
प्रतियोगिता आउन जम्मा ३८ दिन मात्र बाँकी रहेको अवस्थामा प्राविधिक, प्रचार र पोशाक उपसमिति गठन भएका हुन् ।
तीन उपसमितिका संयोजक पनि तोकिएका छन् । प्राविधिक उपसमिति संयोजकमा कुमार लामा घिसिङ छन् भने प्रचार उपसमितिमा जगत टमाटा र खेल पोशाक उपसमितिमा सन्तकुमार मेहता संयोजक तोकिएका छन् ।
उनीहरू केही दिनअघि मात्रै नियुक्त भएका राखेप केन्द्रीय सदस्य हुन् ।
खेल पोशाक उपसमिति भने सार्वजनिक खरिदअन्तर्गत पर्ने भएकाले टेन्डर आह्वान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4