+

एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

२०८२ मंसिर  २१ गते ६:१९ २०८२ मंसिर २१ गते ६:१९
एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय