+

एनपीएल प्लेअफ : सुदूर र विराटनगर क्वालिफायरमा भिड्ने, काठमान्डुले लुम्बिनीसँग एलिमिनेटर खेल्ने

२०८२ मंसिर  २० गते १५:४३ २०८२ मंसिर २० गते १५:४३
एनपीएल प्लेअफ : सुदूर र विराटनगर क्वालिफायरमा भिड्ने, काठमान्डुले लुम्बिनीसँग एलिमिनेटर खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्लेअफ समिकरण विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि पूरा भएको छ।
  • पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ भने काठमान्डु गोर्खाजले लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ।
  • सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर मंगलबार र काठमान्डु र लुम्बिनीबीच एलिमिनेटर बुधबार हुनेछ भने पोखरा एभेन्जर्स प्लेअफ नपुगेको छ।

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । शनिवारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि प्लेअफको समिकरण तय भएको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सुदूरपश्चिम ७ मा ६ जित  र १ हारबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

विराटनगरले विष्फोटक ब्याटिङ रग्दै सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेपछि काठमान्डु गोर्खाजलाई पछि पार्दै क्वालिफायरमा पुगेको हो ।

विराटनगर र काठमान्डु गोर्खाजको समान ५ जितबाट १० अंक भएपनि नेट रनरेटमा विराटनगर अघि रहेको छ ।

विराटनगरसँग रनरेटमा पछि परेपछि काठमान्डुले अब चौथो स्थानमा रहेको लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ । लुम्बिनीले लिगमा ७ मध्ये ४ जित र ३ हारबाट ८ अंक जोडेर चौथो भएको थियो ।

सुदूरपश्चिम बाहेक बाँकी तीन टिम पहिलो पटक एनपीएलको प्लेअफमा पुगेका हुन् ।

अब आउने मंगलबार सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै काठमान्डु र लुम्बिनी बीच बुधबार एलिमिनेटर खेल हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

पोखरा एभेन्जर्स दुवै संस्करणमा प्लेअफ नपुग्ने एक मात्र टिम बनेको छ ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय