+
सिद्धार्थ बैंक ओके एनपीएल बज :

‘जित हार खेलको नियम नै हो, यो एनपीएलको जित हो’

२०८२ मंसिर  २० गते ११:२४ २०८२ मंसिर २० गते ११:२४
‘जित हार खेलको नियम नै हो, यो एनपीएलको जित हो’

२० मंसिर, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जित हार खेलको नियम नै भएको र नेपाल प्रिमियर लिग (एनपीएल)को जित भएको बताएका छन् ।

अनलाइनखबर डटकमको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै सिजन टुसम्म आइपुग्दा फ्लडलाइटमा खेल हुनेदेखि धेरै कुरा परिवर्तन भएको बताउँदै उनले एनपीएलको जित भएको बताएका हुन् ।

पहिलो सिजन प्लेअफ पुग्दै क्वालिफायर टु खेलेको कर्णाली दोस्रो संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन र प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको थियो ।

कर्णालीले ६ खेलमा १ खेल मात्र जित्दा ५ खेलमा पराजित भएको छ । अब कर्णालीले लिगकै अन्तिम खेलमा आइतबार जनकपुर बोल्ट्ससँग खेल्नेछ ।

‘जित-हार खेलको नियम नै हो । पहिलो २-३ वर्ष समग्रतामा एनपीएलकै जित हो’, निर्देशक घिमिरेले भने ।

घिमिरेले एनपीएलको तेस्रो संस्करणसम्म पुग्दा फ्रेन्चाइज टिम लगभग ब्रेक इभनमा पुग्न सक्ने बताए ।

स्पोनसरको साथले उत्साहित रहेको र तेस्रो संस्करणको लागि यो सकिएलगत्तै तयारीमा जुट्ने उनले बताए ।

अहिलेको माहोल, फ्यानहरुको माया र सबै कुराहरु हेर्दा तेस्रो सिजनका लागि अझ धेरै उत्साहित बनाएको उनको भनाइ छ । निजी क्षेत्रका कर्पोरेट सेक्टरले अझ धेरै लगानी गर्नुपर्ने उनले बताए ।

एनपीएल नेपाली क्रिकेट
लेखक
गृहेन्द्र घिमिरे, कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय