+

साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित

२०८२ मंसिर  १९ गते २२:५६ २०८२ मंसिर १९ गते २२:५६
साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गरेको छ।
  • एपीएफका रश्मी कुमारी घिसिङ र मिना देउवाले समान रूपमा २-२ गोल गर्दै जितमा योगदान पुर्‍याएका छन्।
  • खेलको पहिलो हाफमा एपीएफले १ र दोस्रो हाफमा ३ गोल गर्दै कुल ४ गोल गरेको थियो।

१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरे । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा ३ गोल थप्यो ।

खेलको ३८औं मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ७०औं मिनेटमा मीनाले गोल गरिन् ।

८०औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरिन् भने इन्जुरी समयमा मीनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ४-० ले विजयी भयो ।

साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय