+

जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

२०८२ मंसिर  १९ गते १५:५२ २०८२ मंसिर १९ गते १५:५२
जनकपुरले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

१९ मंसिर, काठमाडदं । नेपाल प्रमियर लिग (एनपीएल)मा आज जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

जनकपुरले आजको खेलमा एक परिवर्तन गरेको छ । यसअघि कप्तानको जिम्मेवारी पाएका वायन पार्नेलको स्थानमा संगीथ कूरे आएका छन् ।

पार्नेल पेलेइङ-११ मै नपरेपछि जनकपुर बोल्ट्सले आज फेरि कप्तान परिवर्तन गरेको छ । आज जान निकोल लफ्टी इटनले कप्तानी गरेका छन् ।

आज जनकपुर विजयी भएमा ४ अंक हुनेछ भने लुम्बिनी ६ अंकमै रोकिनेछ । यस्तोमा ६ अंक हुने टोली पनि प्लेअफमा पुग्न सक्छन् । जनकपुरले लिगकै अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग खेल्ने छ ।

लुम्बिनीले पछिल्लो खेलमा विराटनगर किङ्सलाई हराएको छ । जनकपुरले पनि चितवन राइनोजलाई हराएर आएको हो ।

एनपीएल जनकपुर बोल्ट्स लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय