News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैँक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफ स्थान पक्का गरिसकेका छन्।
- लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्सलाई पराजित गरे प्लेअफमा स्थान बनाउनेछ र अन्य टोलीहरूको सम्भावना समाप्त हुनेछ।
- प्लेअफको अन्तिम टोलीका लागि लुम्बिनी, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ र नेट रनरेट निर्णायक हुनेछ।
१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफ पुग्ने तीन टोलीको टुङ्गो लागिसक्दा अब एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ ।
लिग चरणको अन्त्यतिर आइपुग्दा अहिलेसम्म सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ । अब प्लेअफको एक स्थानका लागि अझै चार टोली होडमा छन् ।
बिहीबार भएको लिग चरणको खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई पराजित गरेपछि प्लेअफ पुग्ने दोस्रो टिम बनेको थियो । यस्तै बिहीबारकै अर्को खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेपछि सुदूरपश्मिचले शीर्ष स्थान पक्का गर्दै क्वालिफायर वानमै स्थान बनायो । सुदूरको जितपछि खेल नभएपनि विराटनगरले पनि प्लेअफमा स्थान बनाएको हो ।
६ मा ६ वटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम १२ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । लिगमा अझै एक खेल खेल्न बाँकी रहँदा सुदूर शीर्ष स्थानमै रहने पक्का छ । यस्तै ७ खेल खेलिसकेको काठमान्डु ५ जित र २ हराको नतिजापछि १० अंक जोडेर क्कीर्ष स्थानमा छ । ६ खेल खेलेको विराटनगर ४ जितबाट ८ अंकसहित तेस्रो स्थानमा छ ।
अब शनिवार हुने सुदूरपश्चिम र विराटनगरबीचको खेलपछि दोस्रो स्थानमा रहेर सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोली टुङ्गो लाग्नेछ । विराटनगरले सुदूरपश्चिमलाई ठूलो अन्तरमा पराजित गरेमा मात्र दोस्रो स्थानमा पुग्न सक्छ । अन्यथा काठमान्डु नै दोस्रो स्थानमा रहनेछ ।
अब प्लेअफ पुग्दै एलिमनेटरमा खेल्ने अर्को एक टोलीको टुङ्गो लाग्न बाँकी छ । त्यसका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स चार टोली होडमा छन् ।
कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिसकेको छ । कर्णालीले ६ खेलबाट २ अंक मात्र जोडेको छ र अब लिगको अन्तिम खेल आइतबार जनकपुरसँग खेल्नेछ ।
लुम्बिनीलाई अवसर
लिगमा शुक्रबार एक मात्र खेल हुनेछ । जसमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । एक समय लगातार तीन खेल हारेपछि लुम्बिनी लायन्स लिग चरणबाटै बाहिरिने खतरामा थियो ।
तर त्यसपछि लुम्बिनीले लगातार दुई खेल जित्दै लयमा आयो र अब लुम्बिनी प्लेअफमा पुग्ने/नपुग्ने आफ्नै हातमा छ । लुम्बिनीले आफ्नो अन्तिम लिग खेल जितेमा प्लेअफमा स्थान बनाउनेछ । त्यसका लागि अरु कुनै समिकरण कुर्नुपर्ने छैन ।
लुम्बिनीले शुक्रबार जनकपुरलाई पराजित गरेमा ८ अंक हुनेछ र प्लेअफ पुग्नेछ । लुम्बिनीले जनकपुरलाई पराजित गरेमा आजै जनकपुरसहित पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने सम्भावना समाप्त हुनेछ ।
तर यदl लुम्बिनी पराजित भएमा भने अन्य तीन टोलीको लागि पनि पनि प्लेअफ होड खुल्ला हुनेछ । हाल पोखरा र चितवनको समान ४ अंक छ भने जनकपुरको २ अंक छ । लुम्बिनी जनकपुरसँग पराजित भएमा जनकपुरको पनि ४ अंक पुग्नेछ र यस्तोमा प्लेअफ होड अझ रोमाञ्चक हुनेछ ।
पोखरा र चितवनबीच शनिवार खेल हुने हुँदा यी दुई टिममध्ये एकको मात्र ६ अंक पुग्नेछ । जनकपुरले आइतबार कर्णाली विरुद्ध अन्तिम लिग खेल्नेछ । यदी जनकपुरले आफ्नो बाँकी दुवै खेलमा जितेमा लुम्बिनी, जनकपुर र पोखरा वा चितवनमध्ये एक टिमको ६ अंक हुनेछ ।
यस्तोमा ३ टिमको ६ अंक हुनेछ प्लेअफ पुग्ने टोलीको टुङ्गो लागनउ नेट रनरेट निर्णायक हुनेछ ।
प्रतिक्रिया 4