News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदैछ जसमा नेपालसहित दक्षिण एसियालका पाँच राष्ट्रका लिग च्याम्पियन क्लबले प्रतिस्पर्धा गर्नेछन्।
- एपीएफ क्लबले घरेलु मैदानमा प्रतियोगिता खेल्न पाउँदा उत्साहित रहेको र कप्तान अनिता बस्नेतले उपाधि जित्ने सम्भावना रहेको बताइन् ।
- प्रतियोगिताका सबै खेल हिमालयन टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ ।
काठमाडौं । दक्षिण एसियाली फुटबलमा शुक्रबार नयाँ अध्याय सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल इतिहासमा इतिहासमा पहिलो पटक काठमाडौंमा साफ क्लब महिला च्याम्पियनसिप सुरु हुँदैछ । जसमा नेपालको लिग च्याम्पियन एपीएफ क्लबसहित दक्षिण एसियाका ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
माल्दिभ्स र श्रीलंका बाहेक दक्षिण एसियाका बाँकी पाँच राष्ट्रको महिला लिग च्याम्पियन क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।
त्यसका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सं३ (एन्फा) ले जनाएको छ ।
बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा उपस्थित एपीएफसहित चार टोलीका कप्तान र प्रशिक्षकले च्याम्पियनसिपका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताएका छन् । भारतको इस्ट बंगाल टोली भने फ्लाइट डिले हुँदा बिहीबार दिउँसो सम्म मात्र काठमाडौं आइपुग्नेछ ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता आफ्नै घरेलु मैदानमा खेल्न पाउँदा एपीएफ क्लबका कप्तान अनिता बस्नेतले उत्साही रहेको बताइन् । ‘पहिले त हामी एकदमै धेरै एक्साइटेड छौँ । यो प्रतियोगिता पहिलो पटक भइरहेको छ र त्यो पनि घरेलु मैदानमा हुँदैछ । एपीएफ क्लबले खेल्दैछ। त्यसैले सबै टिम भोली खेल्नलाई उत्सहित छन् ।’ अनिताले बिहीबार बयोजित प्रि म्याच कन्फेरेन्समा भनिन् ।
पछिल्लो समय नेपालको महिला खेलाडीले लगातार जसो अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलहरु खेल्दै आएकोले एपीएफले टिमको रुपमा सँगै प्रशिक्षण गर्न पाएको छैन ।त्यसमा भने केही तालमेल मिलाउन कठिन हुन सक्ने उनले बताइन् ।
नेपालका तीन चर्चित खेलाडी सावित्रा भण्डारी, प्रीति राई र एन्जिला तुम्बापो सुब्बा विदेशी क्लबमा खेलिरहेकोले एपीएफको टिममा छैनन।
एपीएफका मुख्य प्रशिक्षक जिवेश पाण्डेले उनीहरुको स्थानमा अरु खेलाडीहरु राखेकोले र राम्रो खेल्ने विश्वास गरे । तीन खेलाडीहरुलाई टिमले मिस गर्ने तर अन्य खेलाडीको लागि पनि यो प्रतियोगिता राम्रो अवसर हुने पाण्डेले बताए ।
सहभागि ५ टोली नै राम्रो रहेको र एपीएफ टिम पनि राम्रो रहेको प्रशिक्षक पाण्डेले बताए ।
यस्तै कप्तान अनिताले एपीएफले राम्रो खेलेमा उपाधि जित्ने सम्भावना रहेको बताइन् ।
यस्तै बंगलादेशी क्लब नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानको कराची सिटी एफसीका कप्तान र प्रशिक्षकले पनि साफ क्लब महिला च्याम्पियनसिप खेल्न उत्साही रहेको र राम्रो प्रदर्शन गर्ने बताए ।
च्याम्पियनसिपको समुपूर्ण खेलहरु हिमालयन टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुनेछ ।
एपीएफ क्लब
एपीएल नेपालको महिला लिग च्याम्पियनसिपको हैसियतामा साफ क्लब महिला च्याम्पियनसिपको लागि छनोट भएको छ । घरेलु मैदानमै हुने च्याम्पियनसिपका लागि एपीएफ निकै उत्साहित छ ।
एपीएफमा भर्खरै इन्डोनेसियामा थ्री नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलेर आएका राष्ट्रिय टिमका खेलाडीको वर्चस्व छ । तर प्रीति राई, गोलकिपर एन्जिला तुम्बापो सुब्बा जस्ता खेलाडी भने एपीएफमा हुने छैनन् ।
एपीएफले नेपाल पुलिस क्लबकी युवा फरवार्ड मिना देउबा यस प्रतियोगिताको लागि भित्र्याएको छ ।
तीनै जना राष्ट्रिय टिमका खेलाडी हुन् । यस्तै गोलकिपिङमा राष्ट्रिय टिमकी अन्जना मगर छन् भने सावित्री किसन र लिला जोशी अन्य गोलकिपरमा छन् ।
डिफेन्समा गीता पुजा र विमला बाहेक राष्ट्रिय टिमकै हिरा कुमारी भुजेल, निशा थोकर, सजनी थोकर, मनमाया दमाई र प्रतिक्षा र चौधरी छन् ।
एपीएफको मिडफिल्डमा पनि राष्ट्रिय टिमकै खेलाडीहरु धेरै छन् । जसमा कप्तान अनिता बस्नेत सहित रेनुका नगरकोटे, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल छन् । यस बाहेक हिमा रावत र रोशनी बोहोरो क्षेत्री छन् ।
फरवार्डमा रश्मि कुमारी घिसिङ, मिना देउबा, अनिता केसी, कुसुम खतिवडा र शोभा कुमारी प्रधान छन् ।
कराची सिटी
कराची सिटी पाकिस्तानको राष्ट्रिय महिला च्याम्पियनसिपको विजेता टिम हो ।
कराचीले साफ कलब महिला च्याम्पियनसिपका लागि पाकिस्तान राष्ट्रिय टिमकी कप्तान मारिया खान र गोलकिपर जियना जिभराजदेखि विभिन्न देशबाट खेलाडीहरु अनुबन्ध गरेको छ ।
यस्तै कराचीले टर्कीएकी सामिया ओउनी, न्युजिल्याण्डकी इभ बेरी, युएईकी फतिमा अल्होसानी, नोउफ अल अन्जी र जोर्डनकी कप्तान मायसा जेबाराहलाई अनुबन्ध गरेको छ ।
कराचीले अनुभवी खेलाडीहरु अनुबन्ध गर्दै टिम बलियो बनाएको छ ।
इस्ट बंगाल भारत
यस्तै भारतबाट इस्ट बंगलादेशले साफ क्लब महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । इन्डियन वुमन्स लिग (आईडब्लुएल) को विजेताको हैसियतामा इस्ट बंगालले खेल्दैछ ।
इस्ट बंगलामा पनि भारतको राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्य छ । स्वीटी देवीको कप्ताद्दीमा रहेको यस टिममा गोलकिपर पान्थोई चानु एलाङ्गबाब, डिफेण्डर असलता देवी, सिल्की देवी मिडफिल्डरहरु सौम्य गोगुलोथ, संगिता बासफोरे, फरवार्ड सन्धिया राङगानाथान र प्रियंकादेवी, ज्योती चौहान जस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु छन् ।
नसरिन स्पोर्ट्स एकेडेमी बंगलादेश
नसरिन स्पोर्ट्स एकेडेमी पछिल्लो पटक भएको बंगलादेश महिला फुटबल लिगको विजेता टिम हो । च्याम्पियन टिमको हैसियतामा नसरिनले साफ क्लब महिला च्याम्पियनसिप खेल्न लागेको हो ।
यस टिममा बंगलादेशको राष्ट्रिय टिमबाट खेलिसकेका सन्जिदा अख्तरको कप्तानीमा खेल्दैछ । यो टिममा राष्ट्रिय टिमबाट खेलिसकेका यू२० टिमका खेलाडीहरु धेरै छन् ।।
ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी
ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भुटानको महिला लिगको च्याम्पियन टोली हो । भुटानी लिग खेल्दा नेपाली डिफेण्डर पुजा राना देखि मिडफिल्डर बिर्सना चौधरी लगायत खेलाडीले यस टिमबाट खेलेका थिए ।
साफ क्लब महिला च्याम्पियनसिपका लागि ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले भारतबा दुई खेलाडी पनि अनुबन्ध गरेको छ ।
प्रतिक्रिया 4