१८ मंसिर, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ ।
चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । सोहेल तनभिरको स्थानमा जर्ज स्क्रिमश आएका छन् । सौगात ढकालको ठाउँमा रिजन ढकाल आएका छन् ।
सुदूरले पनि ३ परिवर्तन गरेको छ । जोश ब्राउन, हेमन्त धामी र मिलन बोहरा बाहिर हुँदा पुनीत मेहरा, दीपक बोहरा र हिक्मत महरा आएका छन् ।
हिक्मत महरा ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् । पेस बलर हिक्मतले ‘बिट दी स्पिड’मा १३१ किलोमिटर प्रतिघण्टाको स्पीडमा बलिङ गरेका थिए ।
चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।
सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भए पनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।
प्रतिक्रिया 4