१८ मंसिर, काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर बलिङ गर्दैछ ।
चितवनका लागि यो खेल महत्वपूर्ण छ । चितवनले सुदूरपश्चिमलाई हराएमा ६ अंक हुनेछ र अधिकतम ८ अंकसम्म पुग्न सक्छ । जसले प्लेअफ पुग्ने प्रतिस्पर्धा रोचक बनाउने छ ।
सुदूरपश्चिम ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा छ । आजको खेल जिते सुदूरपश्चिम शीर्षस्थानमै रहने पक्का हुनेछ, पराजित भए पनि शीर्ष २ को सम्भावना बलियो नै रहनेछ ।
प्रतिक्रिया 4