+

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्कको लगातार जित

२०८२ मंसिर  १८ गते १६:३४ २०८२ मंसिर १८ गते १६:३४
अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्कको लगातार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा लगातार जित हात पारेका छन्।
  • ल्यान्डमार्कले कान्जिरोवालाई ३०-९ ले हराएको खेलमा सृष्टी तामाङले १२ अंक स्कोर गरिन्।
  • गोल्डेनगेटले ब्लुबर्ड बलेजलाई ३३-२० ले पराजित गरेको खेलमा प्रकृति खड्काले सर्वाधिक १४ अंक बनाइन्।

१८ मंसिर, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा लगातार जित हात पारेका छन् ।

रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको बिहीबार भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले कान्जिरोवालाई ३०-९ अन्तरले हरायो । ल्यान्डमार्की सृष्टी तामाङले १२ अंक स्कोर गरिन् ।

यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले ब्लुबर्ड बलेजलाई ३३-२० ले पराजित गर्‍यो ।

गोल्डेनगेटका लागि प्रकृति खड्काले सर्वाधिक १४ अंक स्कोर गरिन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेल जेभियर इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीबीच हुनेछ भने कान्जिरोना नेसनल कलेज र ब्लुबर्ड कलेजबीच दोस्रो खेल हुनेछ ।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा सोमबारदेखि सुरु भएको यस प्रतियोगितामा कूल ५ टिम सहभागि छन् ।

सिंगल राउण्ड रोविनको आधारमा खेल भएपछि शीर्ष चार स्थानमा रहने टोलीले सेमिफाइनल खेलेनछन् । सेमिफाइनल विजेता दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।

अन्तर कलेज गर्ल्स बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय