News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
- ब्लुबर्ड कलेजले कान्जिरोवालाई २८-२४ अन्तरले हराएको छ।
- सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्ड र जेभियरले ल्यान्डमार्कसँग खेल्नेछन्।
१९ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शुक्रबार भएको खेलमा ब्लुबर्ड कलेजले कान्जिरोवालाई २८-२४ अन्तरले हरायो । ब्लुबर्डकी मिरा तामाङले सर्वाधिक १२ अंक स्कोर गरिन् ।
पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
लिग चरणमा गोल्डेनगेट इन्टरनेसनल कलेज पहिलो, जेभियर इन्टरनेसनल कलेज दोस्रो, ल्यान्डमार्क एकेडेमी तेस्रो र ब्लुबर्ड कलेज चौथो हुँदै सेमिफाइनल पुगेको हो ।
अब सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्ड तथा जेभियरले ल्यान्डमार्कसँग खेल्ने आयोजकले जनाएको छ ।
सेमिफाइनलको दुई विजेता फाइनल पुग्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।
प्रतिक्रिया 4