+

चितवनले टस जितेर पहिले ब्याटिङ  गर्दै

२०८२ मंसिर  २० गते १५:१९ २०८२ मंसिर २० गते १५:१९
चितवनले टस जितेर पहिले ब्याटिङ  गर्दै

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पोखरा एभेन्जर्सलाई बलिङको निम्तो दिएका हुन् ।

चितवनले आजको खेलमा २ परिवर्तन गरेको छ । अमरसिंह राउटेलाको स्थानमा गौतम केसीले मौका पाएका छन् । जर्ज स्क्रिम्शको स्थानमा अल्पेश रमजानी टोलीमा आएका छन् ।

पोखराले ३ परिवर्तन गरेको छ । सागर ढकाल, आकाश चन्द र अभिषेक तिवारीको स्थानमा कृष्ण पौडेल, रोहित चन्द र अर्जुन कुमाल आएका छन् ।

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । यस्तोमा यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ

दुवै टोलीको ६ खेलमा चार/चार अंक रहेको छ ।

एनपीएल चितवन राइनोज नेपाली क्रिकेट पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय