News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलमा सम्पन्न एघारौँ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट इङलिस बोर्डिङ माबिले जितेको छ ।
- फाईनलमा एभरेष्टले न्यू होराईजन इङ्लिस बोर्डिङ माबिलाई ३–० को सेटमा पराजित गर्यो ।
- एभरेष्टकी मिना सुनार उत्कृष्ट खेलाडी घोषित भइन् ।
३० पुस, बुटवल । बुटवलमा सम्पन्न एघारौँ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट इङलिस बोर्डिङ माबिले जितेको छ ।
बुधबार भएको फाईनलमा न्यू होराईजन इङ्लिस बोर्डिङ माबिलाई ३–० को सेटमा पराजित गर्दै एभरेष्ट च्याम्पियन बनेको हो ।
उपाधिसंगै एभरेष्टले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता न्यू होराइजनले २० हजार चित्त बुझायो ।
प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तेस्रो हुदै नगद १० हजारबाट पुरस्कृत भयो । प्रतियोगितामा कान्ति माबिले सान्त्वना स्थान हासिल गर्यो ।
प्रतियोगितामा एभरेष्टकी मिना सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भए भने एभरेष्टकै अर्जुन घिमिरे उत्कृष्ट प्रशिक्षक, न्यु होराईजनकी भारती बिक उत्कृष्ट सर्भर, एभरेष्टकी जानकी केसी उत्कृष्ट सेटर, ललिता बोहरा उत्कृष्ट ब्लकर, रुपा लम्साल उत्कृष्ट लिभेरो, कुवरकर्तीकी मनोरमा डंगोरिया उत्कृष्ट स्पाईकर घोषित भए ।
विजयी टिम र खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल भलिबल संघ लुम्बिनी प्रदेशका अध्यक्ष योग गुरुङ, एभरेष्ट विद्यालय ब्यवस्थापन समितिका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले पुरस्कार वितरण गरेका छन् ।
प्रतिक्रिया 4