+

राष्ट्रिय लिग : सातदोबाटो र संकटाले खेले बराबरी

२०८२ माघ  १ गते १४:१९ २०८२ माघ १ गते १४:१९
राष्ट्रिय लिग : सातदोबाटो र संकटाले खेले बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले ०-० गोलसहित बराबरी खेलेका छन्।
  • सातदोबाटोका प्रशिक्षक बालगोपाल साहुखलले सेन्टर स्ट्राइकरको आवश्यकता रहेको र विदेशी खेलाडी थप्ने योजना रहेको बताए।
  • संकटाका प्रशिक्षक रविन्द्र सिलाकारले अंक नगुमाउने रणनीतिमा सफल भएको र मिडफिल्ड तथा फर्वार्ड लाइनमा सुधार गर्ने योजना रहेको खुलाउनुभयो।

१ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा ललितपुरको सातदोबाटो र काठमाडौंको संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले केही अवसर सिर्जना गरेपनि फिसिसिङमा राम्रो गर्न सकेनन् ।

दुवै टोलीले पहिलो खेल भएकोले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको प्रशिक्षकहरुको प्रतिक्रिया थियो ।

बराबरीपछि सातदोबाटो र संकटाले १-१ अंक जोडेको छ ।  सातदोबाटोमा राष्ट्रिय टिमबाट खेलिसकेका युवा फरवार्ड समिर तामाङदेखि सुरज ज्यु ठकुरी, विश्वास श्रेष्ठ, अभिषेक बराल, कुलदिप कार्की, एकराज बुढाथोकी, रोशन पहारी जस्ता घरेलु फुटबलका अनुभवी खेलाडीहरु थिए । टिमको बकप्तानी पासाङ लामाले गरेका थिए ।

यस्तै संकटाको कप्तानी गोलकिपर टिकेन्द्र थापाले गरेका थिए । संकटामा उमेर समूका सविन लुंगेली मगर लगायत खेलाडी थिए ।

राष्ट्रिय लिगमा यो दोस्रो बराबरी खेल भने गोल नभएको पहिलो खेल हो । यसअघि पहिलो दिन बुधबार चर्च ब्वाइज युनाइटेड र श्री भगवतीले १-१ को बराबरी खेलेका थिए ।

बराबरीपछि सातदोबाटोमा मुख्य प्रशिक्षक बालगोपाल साहुखलले पहिलो खेल भएकोले गाह्रो भएको बताए । उनले पहिलो हाफमा राम्रो खेलेपनि फिटनेस र इन्जुरीले गर्दा दोस्रो हाफमा केही गाह्रो भएको बताए । विदेशी खेलाडी फोडे फोफाना पहिलो हाफमा घाइते हुँदै मैदान बाहिरिएका थिए । ‘हामीलाई सेन्टर स्ट्राइकरको आवश्यकता छ । टिममा डेप्थ्य कमी । अब बवश्यकता अनुसार विदेशी खेलाडी थप्ने योजनामा छौँ ।’

आउने खेलहरुमा प्रदर्शनमा सुधार गर्दै उपाधि जित्ने नै योजना रहेको उनले बताए ।

यस्तै संकटाका मुख्य प्रशिक्षक रविन्द्र सिलाकारले अंक नगुमाउने रणनीतिमा सफल भएको प्रतिक्रिया दिए । ‘हाम्रो अंक नगुमाउने रणनीति थियो । त्यसमा सफल भयौँ ।’ उनले भने ।

डिफेन्समा दुई विदेशी राखेको संकटाले सातदोबाटोको आक्रमणला२ रोक्न सफल भएकोमा सिलाकार खुशि थिए । उनले अब मिडफिल्ड र परवार्ड लाइनमा अझ काम गर्नुपर्ने र एक विदेशी खेलाडी थप्ने योजना रहेको बताए ।

तस्बीर : एन्फा

राष्ट्रिय लिग संकटा क्लब सातदोबाटो युथ क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय