+

इन्डिया कपमा नेपाललाई दुई स्वर्णसहित पाँच पदक

२०८२ माघ  ५ गते १६:५९ २०८२ माघ ५ गते १६:५९
इन्डिया कपमा नेपाललाई दुई स्वर्णसहित पाँच पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मित्र राष्ट्र भारतको सोनिपतमा आयोजना भएको इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङमा नेपालले दुई स्वर्ण र तीन रजत सहित पाँच पदक प्राप्त गरेको छ।
  • ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ तर्फ स्वर्ण पदक जितेका छन् भने विकास प्रधानले मास्टर्स ४ तर्फ एक स्वर्ण र दुई रजत पदक प्राप्त गरेका छन्।
  • रोजीन नकर्मीले ७५ केजी सिनियर तर्फ रजत पदक जितेका छन् र ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा पाँच सदस्यीय टोली माघ १ गते भारत प्रस्थान गरेको थियो।

५ माघ, काठमाडौं । मित्र राष्ट्र भारतको सोनिपतमा आयोजना भएको इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङमा नेपाललाई दुई स्वर्ण र तीन रजत सहित पाँच पदक प्राप्त भएको टिम लिडर एवं खेलाडी ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व शारीरिक सुगठनका प्रशिक्षक समेत रहेका ज्ञानेन्द्रले जानकारी गराए अनुसार यहि माघ २ देखि ४ गते ( जनवरी १६ देखि १८, २०२६) सम्म आयोजना भएको प्रतियोगितामा ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ तर्फको विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

यस्तै मास्टर्स ४ तर्फको विधामा विकास प्रधानले १ स्वर्ण र २ रजत तथा रोजीन नकर्मीले ७५ केजी सिनियर तर्फ रतज पदक प्राप्त गरेका हुन् ।

ज्ञानेन्द्र नकर्मी र रोजीन नकर्मी बाबु छोरा हुन् । नकर्मी बाबु छोराले विगतमा पनि ईन्डिया कपमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जोड्दै आइरहेका थिए ।

भारत पावरलिफ्टिङ संघको निमन्त्रणमा माघ १ गते ज्ञानेन्द्रको नेतृत्वमा पाँच सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेको थियो ।

इन्डिया कप पावरलिफ्टिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय