News Summary
Generated by OK AI. Editorially reviewed.- एयर प्यूरीफायरले निरन्तर हावा तान्ने, सफा गर्ने र कोठामा फिर्ता छोड्ने काम गर्छ।
- सिआरडिआरले हावा कति छिटो सफा गर्छ भन्ने देखाउँछ, ठूलो कोठाका लागि उच्च सिआरडिआर आवश्यक हुन्छ।
हामी जब घरभित्र पस्छौं, तब लाग्छ- बाहिर जति पनि धुलो वा धुवाँ होस्, घरको हावा त सफा नै हुन्छ । तर सत्य यो हो कि आजकल घरभित्रको हावा पनि बाहिरको जत्तिकै प्रदूषित हुन्छ । विशेष गरी ठूला शहरहरूमा, जहाँ वायु गुणस्तर सूचकांक लगातार खराब रहन्छ ।
यस्तो अवस्थामा धेरैजसो मानिसहरू वायु शुद्धिकरण गर्ने ‘एयर प्यूरीफायर’ किन्न चाहन्छन्, तर राम्रो गुणस्तरको एयर प्यूरीफायर कसरी चिन्ने भन्ने चिन्ता हुन्छ । राम्रो गुणस्तरको एयर प्यूरीफाएर किनिएन भने हावा प्रदूषित नै हुन्छ । त्यसैले एयर प्यूरीफायर किन्नुअघि यसको वास्तविक कार्यप्रणाली, आवश्यक फिचरहरू र सामान्य भ्रमहरूबारे पूर्णरूपमा जान्नु जरुरी छ ।
एयर प्यूरीफायर ले के गर्छ ?
धेरैले सोच्छन् एयर प्यूरीफायरले कोठालाई मात्र ताजा बनाउँछ । तर एयर प्युरिफायरले निरन्तर हावा तान्ने, सफा गर्ने र कोठामा फिर्ता छोड्ने प्रक्रियामा काम गर्छ । मेसिनभित्रको पंखाले कोठाको फोहोर हावा, धुलो, पिएम २.५, परागकण (पोलन), पाल्तु जनावरको रौं, धुवाँ आदि सबै तान्छ । त्यसपछि विभिन्न फिल्टरहरूले आफ्नो काम गर्छन् ।
एचइपिए फिल्टरले अत्यन्त सूक्ष्म कणहरू समात्छ । एक्टिभेटेड कार्बन फिल्टरले घरको गन्ध, खाना पकाउँदा आएको गन्ध र ग्यास सोस्छ । प्री–फिल्टरले ठूला कणहरू रोकेर एचइपिएको आयु बढाउँछ । केही मेसिनमा आयनाइजर वा हाइब्रिड सिस्टम पनि हुन्छ, जसले हावालाई झन् राम्रो बनाउँछ ।
एयर प्यूरीफायर किन्नुअघि ६ कुरामा विशेष ध्यान दिनु आवश्यक छ
१.सिआरडिआर जति धेरै, त्यति राम्रो
सिआरडिआर ‘स्वच्छ हावा वितरण दर’ ले मेसिनले हावा कति छिटो सफा गर्छ भन्ने देखाउँछ । ठूलो कोठाका लागि उच्च सिआरडिआर र सानो कोठाका लागि मध्यम सिआरडिआर चाहिन्छ । गलत सिआरडिआर छानेमा हावा कहिल्यै सफा जस्तो लाग्दैन ।
२.फिल्टरको आयु र बदल्ने खर्च बुझ्ने
धेरैले मेसिन किन्ने बेला मात्र ध्यान दिन्छन्, तर पछि फिल्टर बदल्न मूल्य धेरै लाग्छ । एयर प्यूरीफायर एकपटकको होइन, नियमित मर्मतसम्भार चाहिने वस्तु हो । त्यसैले फिल्टरको आयु र बदल्ने खर्च बुझेर मात्र किन्नुपर्छ ।
३.कति आवाज आउँछ ?
विशेष गरी जाडोमा जब कोठामा पंखा, एसी केही चल्दैन तब प्यूरीफायरको हल्का आवाज पनि रातभर सुनिन्छ । त्यसैले यदि एयर प्यूरीफाएरको आवाज धेरै छ भने निद्रा बिग्रिन्छ र फाइदा कम हुन्छ । त्यसैले आवाज कम भएको छनोट गर्नुपर्छ ।
४.बिजुली खपत कम हुनुपर्छ
एयर प्यूरीफायरलाई दिनमा धेरै घण्टा चलाउनुपर्छ । त्यसैले कम पावर खपत गर्ने मेसिन रोज्नु फाइदाजनक हुन्छ ।
५.स्मार्ट फिचरहरू हुन आवश्यक छ
यदि टेक–प्रेमी हो भने वाइफाइ, मोबाइल एप, रियल–टाइम एइक्युआइ मोनिटरिङ जस्ता फिचरहरू धेरै सुविधाजनक हुन्छन् । यिनले टाढैबाट पनि मेसिन नियन्त्रण गर्न सक्छन् ।
६.यी मिथकहरू अहिले नै दिमागबाट हटाउने
मिथक १ : एउटा प्यूरीफायर पूरै घरका लागि काफी हुन्छ
यो पूर्ण रूपमा गलत हो । एयर प्यूरीफायरले आफ्नो कभरेज क्षेत्र जतिको हावा मात्र सफा गर्छ । हरेक कोठाका लागि छुट्टाछुट्टै प्यूरीफायर राख्दा मात्र राम्रो नतिजा दिन्छ ।
मिथक २ : एचइपिए फिल्टरले गन्ध पनि हटाउँछ
एचइपिएले केवल कणहरू समात्छ । गन्ध र ग्यास सफा गर्ने क्षमता त केवल एक्टिभेटेड कार्बन फिल्टरमा मात्र हुन्छ।
मिथक ३ : प्यूरीफायर जाडोमा मात्र चाहिन्छ
हावा चिसोमा मात्र फोहोर हुँदैन गर्मीमा पनि हुन सक्छ । ठूला शहरहरूमा एक्युआई प्राय हरेक महिनामा खराब रहन्छ, त्यसैले एयर प्यूरीफायर वर्षभरी नै उपयोगी हुन्छ ।
यी कुराहरू ध्यानमा राखेर एयर प्युरिफाएर छनोट गर्दा साँच्चै सफा र स्वस्थ हावा पाइन्छ ।
प्रतिक्रिया 4