News Summary
Generated by OK AI. Editorially reviewed.- झापा–५ मा अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
- सडक किनारको नालीमा डुब्दै गरेको सानो कुकुरको बच्चालाई सुरक्षाकर्मीले बचाएका थिए।
- सुरक्षाकर्मीले कुकुरको बच्चा सुरक्षित राखेपछि आमा कुकुरले राहतको सास फेरेकी थिइन्।
झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो ।
त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए, जसलाई अनलाइनखबरले प्रत्यक्ष प्रसारण गरिरहेको थियो।
सडक किनारको नालीमा एउटा कुकुर भौतारिरहेका थिए । उनी नालीमा डुबेका अर्को कुकुरको बच्चा बचाउन गुहार मागिरहेका जस्ता लाग्थ्यो । किनभने नालीमा सानो कुकुर डुबिरहेको देखिन्थ्यो ।
त्यसबेला एउटा सुरक्षाकर्मी दौडँदै त्यहाँ पुगे । उनले नालीमा डुब्दै गरेको सानो कुकुरको बच्चालाई सजिलै निकालेर सडकमा राखिदिए ।
यो कुनै ठूलो काम थिएन, तर करुणा, समभाव र मानवताको एउटा मर्मस्पर्शी दृश्य थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4