+
+
Shares

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्की र मतदातालाई बधाई दिएको छ।
  • भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग काम गर्न तयार रहेको र नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको बताएको छ।
  • भारतले दुई देश र जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उल्लेख गरेको छ।

२१ फागुन, काठमाडौं । नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा भारतले बधाई दिएको छ । भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक नोट जारी गरी निर्वाचनपछि आउने नयाँ सरकारसँग काम गर्न तयार रहेको बताएको हो ।

चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र चुनावमा सहभागी हुने मतदातालाई पनि भारतले बधाई दिएको छ ।

‘भारतले नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

दुई देश र जनताबीचको बलियो बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?