+
+
Shares

नेपाल-भारत सीमा सुरक्षा बैठक : निर्वाचनअघि सीमा सील गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते २०:१६

२३ माघ, विराटनगर । नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको बैठकले निर्वाचनको ७२ घण्टाअघि सीमा सील गर्ने निर्णय गरेको छ । मोरङको विराटचोकमा शुक्रबार सम्पन्न १६ औँ डीआईजी स्तरीय समन्वय बैठक फागुन २१ को निर्वाचन भन्दा ७२ घण्टाअघिदेखि नाका सील गर्ने सहमति गरेको हो ।

बैठकमा सीमा सुरक्षा खटिएको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकारी सहभागी थिए ।

बैठकले निर्वाचनको ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सील गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।

निर्वाचनको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त सीमा गस्तीलाई तीव्रता दिने र सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने समझदारी पनि भएको छ ।

छलफलका क्रममा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले साझा प्रतिबद्धता जनाएका छन् । तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश नियन्त्रण गर्ने, मानव बेचबिखन, जाली नोटको कारोबार, हातहतियारको तस्करी र लागुऔषध ओसारपसार रोक्न संयुक्त रुपमा प्रयास गर्ने सहमति पनि भएको छ ।

बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले सीमा केवल दुई देशबीचको भौगोलिक रेखा मात्र नभई पुरानो मित्रता र सहकार्यको प्रतीक पनि भएको बताए ।

भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले सीमा सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र प्रहरीसँगको सहकार्यलाई अझ मजबुत बनाउने बताए ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कुमार न्यौपाने, अन्जनीकुमार पोखरेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए । भारतीय पक्षको नेतृत्व डीआईजी सरोजकुमार ठाकुरले गरेका थिए ।

टोलीमा मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनिस कुमार सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?