+
+
Shares

ब्रह्माण्ड र अध्यात्मको यात्रा गराउने कला प्रदर्शनी काठमाडौंमा सुरु

प्रदर्शनीमा राखिएका थापाका चित्रहरूमा चन्द्रमा, तारा र अन्तरिक्षका मनमोहक दृश्यहरू समेटिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७८ वर्षीय आध्यात्मिक कलाकार जिमी थापाको \'आकाश: द कस्मिक वन्डर\' नामक एकल कला प्रदर्शनी काठमाडौंको ग्यालरी १०८ मा सुरु भएको छ।

२३ माघ, काठमाडौं । ७८ वर्षीय आध्यात्मिक कलाकार जिमी थापाको एकल कला प्रदर्शनी सुरु भएको छ । काठमाडौंको दरबारमार्गमा अवस्थित ग्यालरी १०८ को आयोजनामा आजबाट ‘आकाश: द कस्मिक वन्डर’ नामक कला प्रदर्शनी सुरु भएको हो ।

तीन सातासम्म चल्ने यस प्रदर्शनीमा ब्रह्माण्डको विशालता र मानव चेतनाबीचको गहिरो सम्बन्धलाई देखाइएका कलाहरू प्रदर्शनी हुँदैछ । आयोजकका अनुसार ‘आकाश’ वा ‘इथर’ को अवधारणामा आधारित यस प्रदर्शनीमा १२ राशि र ९ ग्रहहरूको प्रभावलाई प्रतीकात्मक भाषामा उतारिएको छ ।

कलाकार थापाले ज्योतिषशास्त्रलाई केवल भविष्यवाणीको माध्यम नभई एक साङ्केतिक भाषा र मानवीय स्वभावको ऐनाका रूपमा चित्रण गरेको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा राखिएका थापाका चित्रहरूमा चन्द्रमा, तारा र अन्तरिक्षका मनमोहक दृश्यहरू समेटिएका छन् । यी कलाकृतिहरू सुरुमा प्रदर्शनीका लागि थापाले बनाएका थिएनन् ।

उनले आफ्नै अध्ययन र साधनाका लागि तयार पारेका थिए । तर, मानिसहरूले पनि तारा र ब्रह्माण्डको अनुभव गरुन् र प्रकृतिहरूसँग जोडिन सकुन् भन्ने उद्देश्यले उनले अन्तत: प्रदर्शनी गर्न लागेको बताइएको छ ।

त्यस्तै प्रदर्शनीमा कलाकार थापाले कला हेर्न जानेहरूलाई ध्यान समेत सिकाउने भएका छन् । प्रकृतिको शक्तिसँग कसरी जोडिने र आध्यात्मिक ऊर्जाको माध्यमबाट कसरी ‘हिलिङ’ गर्ने भन्ने विषयमा उनले प्रशिक्षण बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?