+
+
Shares

बालुवामा बनाइने यी कला, जुन क्षणिक हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • \'स्ट्यान्ड आर्ट\' बालुवामा बनाइने कला हो, जसमा कम्प्युटर सफ्टवेयर र भर्चुअल रियालिटी गगल्सको प्रयोग गरिन्छ भने यसको विभिन्न विधि छन्।
  • नेपालमा यो कला कम प्रचलित छ, यद्यपि स्यान्ड क्यासल बनाउने चलन छ, तर यसको आयु कम र अस्थायी हुन्छ किनभने छालले नष्ट गर्छ।

४६ वर्षीय डच कलाकार गर्ट जान भ्यान डर कूइजले हालै बेलायतको समुद्री तटमा बालुवामाथि केही चित्रहरू बनाए । बालुवाले भरिएका समुद्री तटमा उनले बनाएका ती चित्र टाढाबाट मात्र राम्ररी देख्न सकिन्थ्यो । नजिकबाट हेर्दा ती पूरा देखिँदैनथे ।

ठूलो क्षेत्रफलमा बनाइने त्यस्ता चित्र (विशेष गरी समुद्री तटमा बनाइने)लाई ‘स्ट्यान्ड आर्ट’ भनिन्छ । सरल भाषामा बुझ्दा यो भनेको बालुवामा बनाइने कला हो । जुन आधुनिक कलामा नयाँ आयाम बनेर उदाइरहेको देखिन्छ ।

अझ यसलाई राम्ररी बुझाउँदा तपाईंले आफ्नो बाल्यकालमा बालुवामा पक्कै केहीको चित्र (जानी/नजानी) बनाउनु भएको हुन सक्छ । औंलाले, लाठीले । हो, त्यसकै परिष्कृत रूप हो, स्ट्यान्ड आर्ट ।

यसका लागि गर्ट जानले कम्प्युटर सफ्टवेयर र भर्चुअल रियालिटी गगल्सको प्रयोग गरेका थिए । तर, सबै कलाकारले यसरी नै यस प्रकारको कला सिर्जना गर्छन् भन्ने छैन ।

अहिले यो चित्रकलामा आधुनिकता थपिए पनि बालुवालाई माध्यम बनाएर चित्र, मूर्ति वा ढाँचा (प्याटर्न)हरू बनाउँदै आएको भने धेरै पहिलेदेखि हो । बालुवालाई कोतरेर पल्टाउँदा त्यसमा एक प्रकारको खाल्डो बन्छ । जुन टाढाबाट हेर्दा धर्का जस्तो देखिन्छ । यो कलाको आधारभुत तत्व नै त्यही हो । त्यसमा कलाकारले थप मलजल गरेर विभिन्न प्रकारका चित्रहरू बनाउने हुन् ।

यद्यपि स्ट्यान्ड आर्टको विभिन्न विधि छन् । जस्तो, समुद्री तटमा बाहेक बालुवाको प्रयोग गरेर विभिन्न कला सिर्जना गर्नु । मुलत: यस्तो काम बन्द सिसीको प्रयोग गरी कला सिर्जना गर्ने हुन्छ । जस्तो, स्यान्ड क्यासल भन्नेमा बालुवाको मूर्ति बनाउने गरिन्छ ।

रमाइलोका लागि स्ट्यान्ड आर्ट सम्बन्धी केही वेबसाइट पनि छन् । जसमा विभिन्न आकृति बनाउ सकिन्छ । त्यो सुविधा यस वेबसाइटले दिएको छ । यसमा आफूलाई बालुवा खसाउन मन लागेको स्थानमा क्लिक अथवा ट्याप गर्दा बालुवा झर्छ भने वालुवाको रङ पनि फेर्न सकिन्छ । यो विशुद्ध मनोरञ्जनका लागि हो ।

तुलनात्मक रूपमा यो कला नेपालमा कम प्रचलित भएको देखिन्छ । यद्यपि स्यान्ड क्यासल भने केहीले गरेको देखिन्छ । तर, यस प्रकारको कलाको आयु कम हुन्छ । अस्थायी हुन्छ । यसको कारण, तटमा आइरहने छाल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?