News Summary
Generated by OK AI. Editorially reviewed.- गायक विजय लामालाई अमेरिकाको न्युयोर्कसिटीमा भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्मान गरिएको छ।
- गायक लामाले ल्होसार साँझ २०२६ कार्यक्रममा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए।
- भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले सांस्कृतिक कार्यक्रम निरन्तरता दिने बताए।
१२ चैत, काठमाडौँ । गायक विजय लामा अमेरिकाको न्युयोर्कसिटीमा सम्मानित भएका छन् । गायक लामालाई न्युयोर्कका एसेम्ली मेम्बर स्टेभेन रागा डिस्ट्रिक ३० क्विन्सले सम्मान गरेका हुन् ।
भोटेकोशी समाज अमेरिकाको आयोजनामा सम्पन्न ल्होसार साँझ २०२६ कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु नखानु पानी तोग्बाको, भोलि फर्कि आउँछु आउँदिन, खासा बजारलगायतका गीतहरु प्रस्तुत गरेका थिए ।
सयौँको संख्यामा उपस्थित दर्शकहरु पनि गायक लामासँगै झुमेको दृश्य लोभलाग्दो थियो । सो अवसरमा भोटेकोशी समाज अमेरिकाका अध्यक्ष अक्बर स्याङतानले भव्य रुपमा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
उनले भोलिका दिनमा पनि आफ्नो कला संस्कृति र परम्परा जोगाउन यस्तो किसिमका सांस्कृति कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
परदेशी भूमिमा लामो समयदेखि परिवारसहित बस्दै आएका स्याङतानले कार्यक्रममा उपस्थित दर्शक तथा देश विदेशमा रहेका शुभचिन्तक एवंम कार्यक्रम सम्पन्न गर्न मद्दत गर्ने सबैलाई आभार प्रकट गरेका छन् ।
प्रतिक्रिया 4