+
+
Shares

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

कसैको मृत्यु भए परिवारलाई आर्थिक सहायता दिइने  

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १३:५९

१३ फागुन, काठमाडौं । सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने ।

साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए ।

‘सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?